एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा शान्तिदेवी अधिकारीको उम्मेदवारी घोषणा

मकाउ – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा मकाउकी पूर्व अध्यक्ष शान्तिदेवी अधिकारीले उम्मेदवारी घोषणा गर्नु भएको छ । अधिकारीले आगामी कार्यकालको लागि अक्टोवरमा हुन गइरहेको निर्वाचनमा क्षेत्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

सन् २००७ देखि एनआरएनमा आबद्ध हुँदै निरन्तर रुपमा सक्रियता बढाउँदै आउनु भएको अधिकारीले सन् २०१४ सम्म एनआरएनए मकाउको कार्यसमिति सदस्य र त्यसपछि महासचिव र अध्यक्षको जिम्मेवारी पनि समालीसक्नु भएको छ ।

वर्तमान आइसिसी सदस्य समेत रहनु भएकी अधिकारीले अग्रजहरुको सरसल्लाह तथा सुझावअनुसार एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा उम्मेदवारी दिने निर्णण गरिएको बताउनु भयो ।

खेलकुद क्षेत्रमा सक्रिय अधिकारीले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेको कुमुतेमा गैर आवासीय नेपाली संघको तर्फबाट सहभागि हुँदै काँस्य पदक जित्नु भएको थियो । अधिकारीले खुला (६८ केजी) तौलतर्फ काँस्य पदक (तेस्रो मेडल ) जित्न सफल हुनुभएको थियो ।


प्रकाशित | ३१ भाद्र २०७८, बिहीबार १८:१४