भारतमा चौथो चरणको चुनाव आज, ९ राज्यमा ७२ सिटका लागि मतदान

एजेन्सी:  भारतमा चौथो चरणको चुनाव शुरु भएको छ । सोमबार(आज) भारतमा लोकसभाका लागि ९ राज्यमा चुनाव हुन लागेको हो । ७२ संसदीय सीटका लागि विहानै देखि मतदान शुरु भएको छ । जसमा महाराष्ट्रको १७, राजस्थान तथा उत्तर प्रदेशको १३–१३ पश्चिम वंगालको ८, मध्य प्रदेश तथा ओडिसाको ६–६, विहारको पाँच र झारखण्डको तीन सिटका लागि मतदान भइरहेको हो ।

जम्मू कश्मीरको अनन्तनाग सीटमा पनि मतदान जारी छ । अनन्तनाग सीटमा तीन चरणमा चुनाव भाइरहेको छ । बीजेपी तथा उसको गठवन्धनका लागि यो चुनाव निकै महत्वपूर्ण मानिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । किनकी २०१४ को लोकसभा चुनावमा यी ७२ मध्ये ५६ सीटमा उनीहरुले जित निकालेका थिए ।

बाँकी १६ सिटमा कांग्रेसले जीत निकालेको थियो । चौथो चरणमा पूर्व केन्द्रीय मन्त्रीहरु सलमान खुर्शीद, श्रीप्रकाश जयसवाल, यूपीका मन्त्री सत्यदेव, सपाकी डिम्पल लगायका व्यक्तिहरु चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १०:२३