स्थानीय निर्वाचन घोषणाविरुद्धको रिटमा आज अदालतमा प्रारम्भिक सुनुवाइ

काठमाडौं – स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा तेस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो ।

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ।

सर्वोच्च अदालत प्रशासनले सुरुमा उहाँको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हो ।

०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यो पटक ७५३ वटै स्थानीय तहको निर्वाचन एक पटक गर्न लागिएको हो ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार ११:१०