संसदको वर्षे अधिवेशन बैशाख १६ गते बोलाइयो

काठमाडौं : हिउँदे अधिवेशन सकिएर स्थगीत रहेको संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गते बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन बोलाउनुभएको हो । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ ।अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १४:३४