काठमाडौं–पुस मसान्तसम्ममा कुल सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुगेको छ । यस रकममध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रहेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८\०७९ को छ महिनामा नेपाल सरकारको कुल कर्जा शून्य दशमलव ३३ प्रतिशतले बढेको छ । विदेशी ऋण भने ०.०३ प्रतिशतले घटेको छ ।
विदेशी ऋण अमेरिकी डलर उतावचढाव भएका कारणले घटेको हो । त्यस्तै, आन्तरिक ऋण भने ०.७८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ६ अर्ब रुपैयाँ वृद्धि भएको छ भने बाह्य ऋणको स्थिति २४ करोड ८३ लाख ९० हजारले घटेको छ ।
विनिमय दरमा भएको उतारचढावले चालु त्रैमासिकमा १६ अर्ब ४७ करोड रुपैयाँको विनिमय लाभ भएको छ जसले गर्दा बक्यौता कर्जाको स्थितिमा कमी आएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८\०७९ को पुस मसान्तसम्ममा कुल ऋणसँग जीडीपी ९कुल ग्राहस्थ उत्पादन० अनुपात ४०.५३ प्रतिशत रहेको छ भने बाह्य ऋणसँग जीडीपी अनुपात १८.२८ प्रतिशत र आन्तरिक ऋणसँग जीडीपी अनुपात २२.२४ प्रतिशत रहेको छ।
तयस्तै, आर्थिक वर्ष २०७८\०७९ को दोस्रो त्रैमासमा कुल कर्जा प्राप्ति २९ अर्ब १७ करोड रुपैयाँ रहेको छ जसमा २३ अर्ब १७ करोड रुपैयाँ बाह्य स्रोतबाट र ६ अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट प्राप्त भएको छ ।
वैदेशिक ऋणमध्ये ८७.३७ प्रतिशत अर्थात् २० अर्ब २४ करोड रुपैयाँ बहुपक्षीय स्रोतबाट र बाँकी १२.६३ प्रतिशत अर्थात् २.९२ प्रतिशत द्विपक्षीय स्रोतबाट प्राप्त भएको छ । यो त्रैमासमा कुल आन्तरिक ऋण ६ अर्ब रुपैयाँ ट्रेजरी बिलको नयाँ निष्कासनबाट प्राप्त भएको छ ।
प्रकाशित | ९ फाल्गुन २०७८, सोमबार १४:४१