जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

पाल्पा: पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । निस्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा भएको जन्ती बोकेको जीप दुर्घटनामा चालकसहित ५ जनाको घटना स्थल‍मै मृत्यु भएको थियो ।

ज्यान जानेमा चालक बुद्धिबल सोती, निस्दी–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लाल बहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । जीपमा ६ जना सवार रहेको र एकजना सकुशल रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १ ज १९४१ नम्बरको जीप दुर्घटनामा परेको थियो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १९:३९