यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १६ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ९६ पैसा र विक्रीदर १६२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रीदर १२९ रुपैयाँ ९४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८५ रुपैयाँ ४९ पैसा र विक्रीदर ८५ रुपैयाँ ९२ पैसा रहेको छ ।

क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४५ पैसा रहेको छ भने विक्रीदर ९३ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र विक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ ।

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ५३ पैसा र विक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित | ९ फाल्गुन २०७८, सोमबार १२:३१