एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) विजयी (मतपरिणामसहित)

कोपनहेगन – गैर आवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकार (शैलु) विजयी हुनु भएको छ । एनसिसी डेनमार्कको शनिबार सम्पन्न निर्वाचनमा अधिकारी विजयी हुनु भएको हो ।

अधिकारीले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै निर्वाचित हुनु भएको हो । कुल ४०९ मत मध्ये अधिकारीले १८० मत प्राप्त गर्नु भयो भने निकटतम प्रतिस्पर्धी शिव कार्कीले १४२ मतमा चित्त बुझाउनु भयो भने दिपकराज रिजालले ८७ मत प्राप्त गर्नु भयो ।

दुई जना उपाध्यक्षका लागि भएको निर्वाचनमा राधाकृष्ण सापकोटा (आरके) र सुनिल विराजी यादव विजयी हुनु भयो । सापकोटाले २४५ र यादवले २१८ मत पाएर विजयी हुनु भयो भने अर्का प्रतिस्पर्धी चन्द्रमणी पौड्यालले १५३ मतमा चित्त बुझाउनुपर्यो ।

महासचिवमा महेश सिंह खत्री २३८ मतका साथ विजयी हनुु भयो । उहाँको निकटतम प्रतिस्पर्धी राघवेन्द्र प्रताप सिंह कार्की (रविन) ले १५४ मत मात्र प्राप्त गर्नु भयो ।

सचिवमा शालिकराम शर्मा २४९ मतका साथ विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिस्पर्धी तिलकराज भट्टले १३१ मत मात्र प्राप्त गर्नु भयो ।

उता कोषाध्यक्षमा मोहन केसी २०३ मतका साथ विजयी हुनुु भयो । उहाँको निकटतम प्रतिस्पर्धी कृष्ण प्रसाद पराजुलीले १७७ मत मात्र प्राप्त गर्नु भयो ।

त्यस्तैगरि, ५ जना कार्यसमिति सदस्यहरुमा प्रदिप कुमार पाण्डे २३६ मत, भुवन खड्का २१६, केशवनिधी पन्त २१२, नरेन्द्र बहादुर पौडेल २०९ नारायण गौडेल २०८ मतका साथ विजयी हुनु भयो । कार्यसमिति सदस्यका अन्य दुई प्रतिस्पर्धी गोविन्द्र पौडेलले १६३ र शैलेन्द्र राईले १४९ मतमा चित्त बुझाउनु भयो ।

एनआरएनए डेनमार्कमा आइसिसी सदस्यसहित युवा प्रतिनिधि र महिला प्रतिनिधिका सबै पदमा यसअघि नै निर्विरोध भइसकेको छ । आइसिसी सदस्यमा अशोक शर्मा विजयी हुनु भएको छ ।

निर्वाचन समितिका संयोजक कृष्ण पौडेलका अनुसार महिला उपाध्यक्षमा जमुना देवी रिजाल कँटेल, महिला प्रतिनिधिमा मनिषा सिंह, युवा प्रतिनिधिमा गुरुदत्त लामिछाने, महिला सदस्यहरुमा रितादेवी कँटेल मिश्र, विमला शर्मा खरेल निर्विरोध निर्वाचित हुनु भएको छ ।


प्रकाशित | २४ श्रावण २०७८, आईतवार १०:०२