संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवाको प्रतिक्रिया: अब पास हुन्छ

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पास हुने बताउनु भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट एमसीसी पेश भएपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अब पास हुने बताउनु भएको हो ।

सतारुढ गठबन्धनको सहमतिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको संसद बैठकमा विरोधकाबीच एमसीसी टेबल गर्नु भएको थियो ।संसदको अर्को बैठक १२ गते बस्ने गरि स्थगीत भएको छ ।


प्रकाशित | ८ फाल्गुन २०७८, आईतवार १५:२३