एमसीसीलाई प्रतिनिधिसभाको कार्यसूचीमा राखियो

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।संसदमा टेबुल गर्नका लागि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको हो । एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्नुहुनेछ ।

सायद 'संघीय संसद प्रतिनिधि सभा दशौ अधिवेशन बैठक संख्या दैनिक कार्यसूची २०७૬ फागुन 5 गते आइतबार दिनको १:०० वजे सन्देश टैबुल "लोक सेवा आयोग विधेयक, २०७" का सम्बन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने ३. वार्षिक प्रतिवेदन पेश सम्माननीय प्रधानमन्वी श्री शेरवहादुर देउवाले "राष्ट्रिय समावेशी आयोगको तेसो बार्षिक प्रतिवेदन आ.व. २०७७/०७" पेश गर्नुहुने। सम्कौता पेश माo अर्थ मन्त्ी श्री जनार्दन शर्माले "नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करपोरिशन (.CC) बीच भएको अनुदान सहायता सम्फौता (Millennium Challenge Ûp)" प्रस्तुत गर्नुहुने डा. भरतराज गौतम संघीय संसदको महासचिव' भन्ने पाठ को तस्बिर हुनसक्छ

यसअघि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले पनि एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको थियो।

बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले असहमति राख्नु भएको थियो । एमसीसीका कतिपय बुँदा घातक भएको भन्दै त्यो संशोधन नगरी टेबल गर्न नहुने उनीहरुले अडान राखेका हुन ।

‘राष्ट्रिय सहमति कायम हुनुपर्ने, कतिपय बुँदाहरू परिमार्जन र संशोधन हुनुपर्ने र संसद सुचारु हुनुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं । तसर्थ राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता नभएको, संसद अवरुद्ध नै रहेकोले एमसीसी टेबल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको छ’, असहमति पत्रमा भनिएको छ ।

फोटो विवरण उपलब्ध छैन।

उता प्रमुख विपक्षी दल नेकपा एमाले भने कार्यब्यवस्था समितिको बैठकमा सहभागि भएन ।


प्रकाशित | ८ फाल्गुन २०७८, आईतवार १३:३७