काठमाडौं उपत्यकामा एकै दिन थपिए १७२ कोरोना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ९६७ पुगेको छ। काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन्।

आइतबार कुन जिल्लामा कति थपिए ?

गत २४ घण्टामा मात्र ६ सय ४१ जना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एपीएफ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३, भरतपुर अस्पतालमा चितवनका २७ र मोरङका १, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका १०, बर्दियाका २ र दाङका १ जनामा कोरोना भेटिएको छ।

बिध ल्याब प्रयोगशाला ललितपुरमा काठमाडौंका ६, ललितपुरका १, मोरङका ६ र पर्साका २, बि एण्ड बि अस्पतालमा ललितपुरका १, धुलिखेल अस्पतालमा पर्साका ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

गजेन्द्र नारायण सिंह अस्पतालमा सप्तरीका ११ र सिरहाका २, ह्याम्स अस्पतालमा भक्तपुर, धनुषा, कञ्चनपुरका १/१, काठमाडौंका १९, ललितपुर र नुवोकाटका १/१, पर्साका २ र सिन्धुलीका १ जनामा कोरोना पाइएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्ला र रुकुम पश्चिमका १/१, कोशी अस्पतालमा इलामका १, मोरङका ७३, सिरहा र सुनसरीका १/१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका १, नवलपरासी पश्चिम र रुपन्देहीका ३र३, नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ४६, नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौंका ४, पर्सा र सर्लाहीका १/१ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका ६५, काठमाडौंका १७ र रौतहटका १३, नेसनल प्याथ लयाब रुपन्देहीमा नवलपरासी पश्चिमका १ र रुपन्देहीका २८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ५ र तनहुँका ४ जना रहेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भक्तपुरका १, धनुषाका ३, काठमाडौंका ९, ललितपुरका २७, महोत्तरी, मकवानपुर र सुनसरीका १/१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा बाराका १ र मोरङका २० जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३२, महोत्तरीका ७ र रौतहटका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, नवलपरासी पश्चिमका २ र रुपन्देहीका २७ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा बागलुङका १, कास्कीका ६, नवलपरासी पूर्वका २, पर्वत, पर्सा र तनहुँका १/१, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ३ र रोल्पाका २, सेती प्रादेशिक अस्पतालमा कैलालीका ९ र कञ्चनपुरका ४ जनामा कोरोना पाइएको छ।

सुरिया ल्याबमा बारा र झापाका १/१, काठमाडौंका ६, स्टार अस्पताल सानेपामा बाराका १, भक्तपुरका २, धनुषाका १, काठमाडौंका ९ र ललितपुरका ६, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १, काठमाडौंका २४, ललितपुरका २ र सर्लाहीका १ जनामा कोरोना भेटिएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बर्दियाका १, भक्तपुरका ३, कैलालीका २, काठमाडौंका २९, लमजुङका १, नवलपरासी पश्चिमका २ र पर्सा र ताप्लेजुङका १/१ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ। कुल संक्रमितमध्ये ९ हजार २ सय २१ संक्रिय संक्रमित छन्। देशभर हाल १५ हजार २ सय ४३ जना रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | ३२ श्रावण २०७७, आईतवार २०:३६