एनआरएनएमा समावेशी चरित्रसहितको राम्रा ब्यक्तीहरुको प्रतिनिधित्व, एनआरएनको हाईट बढ्ने विश्वास

काठमाडौ : गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा महाधिवेशनबाट नवनिर्वाचीत कार्यसमितिले एनआरएनको छवी बढाउने विश्वास गरिएको छ । महाविधेशनमा दुई प्यानलबाट टिम बनाएर निर्वाचन भए पनि यस पटक टिमलाई भन्दा राम्रा ब्यक्तीहरु निर्वाचीत भएका हुन् ।  विशेष गरि एनआरएनमा योगदान गरेका, राम्रा छवी बनाएका, इमानदार र तुलनात्मक हिसावले काम गर्न सक्ने सक्षम ब्यक्तीहरुलाई प्रतिनिधिले छनौट गरेको पाइएको हो । एनआरएनभित्र सुद्धिकरणको खाँचो महसुस गरिए पनि नेतृत्व र नेतृत्व तहमा आउँने ब्यक्ती छनौटमा प्रतिनिधिहरुले विशेष ध्यान दिएको पाइएको हो ।

एनआरएनएको महाधिवेशनले आगामी दुई वर्षको लागि अध्यक्षमा कुमार पन्त निर्वाचीत गरेको हो । चुनावी माहौलमा केहि असब्य र गलत गतिविधि भए पनि नेतृत्व छनौटमा प्रतिनिधि चुकेको देखिएन बरु उल्टै एनआरएनएका अग्रजहरुकै कारण एनआरएनएभित्र राजनीतिकरण भएको पाइयो । विशेष गरि हरेक पदमा नवनिर्वाचीत ब्यक्तीहरुको तुलना गर्दा समावेशी चरित्रसहितको काम गर्न लायक ब्यक्तीको छनौटलाई सबैले सकारात्मक रुपमा लिएका छन् । एनआरएनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि समावेशी चरित्रको छनौटले एनआरएनको छवी बढ्ने विश्वास समेत गरिएको छ ।

एनआरएनएन अध्यक्षमा प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा निर्वाचीत हुनुभएको हो । निर्वाचनमा पन्तको राम्रो भएको दावी गरिए पनि दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । सार्वजनिक मतपरिणाम अनुसार चार उपाध्यक्षमा डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा र मन केसी विजयी हुनुभयो भने महिला उपाध्यक्षमा रविना थापा निर्वाचित हुनुभयो ।

यस्तै महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा, कोषाध्यक्षमा महेश श्रेष्ठ तथा सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभयो । यस्तै युवा संयोजकमा हिमाल गुरुङ र महिला संयोजकमा भोमा लिम्बु विजयी हुनुभयो । निर्वाचनमा कुल २ हजार ५ सय ७० मतदाता रहेकोमा २ हजार ३ सय ४० मत खसेको थियो ।

नवनिर्वाचीत कार्यसमितिको सपथ ग्रहण तथा पद्भार ग्रहण

त्यस्तै, आगामी दुई वर्ष कार्यकालको लागि नवनिर्वाचीत नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको छ । एनआरएनएको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचीत कार्यसमितिलाई सपथ ग्रहण गराइएको हो । सपथ ग्रहण गराएसँगै अध्यक्ष भवन भट्टले नवनिर्वाचीत अध्यक्ष कुमार पन्तलाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ ।

एनआरएनको साख जोगाउन पूर्व अध्यक्षहरुको जोड

सपथ ग्रहण कार्यक्रममा शुभकामना दिन आउनुभएको पूर्वअध्यक्षहरुले नवनिर्वाचीत कार्यसमितिलाई एनआरएनएको साखलाई जोगाउन जोड दिनुभएको छ । निर्वाचनमा भएका केहि क्रुटि र कमजोरीका कारण एनआरएनको विषयमा समाजिीक सञ्जालदेखि मिडियामा गलत प्रचार भइरहेको भन्दै पूर्वअध्यक्षहरुले एनआरएनएको भविष्यप्रति चिन्ता ब्यक्त गर्नुभयो । एनआरएनको भविष्यलाई सुनिश्चित गर्न कार्यसमिति सफल हुनुपर्नेमा जोड दिनुहुँदै अबको एनआरएनएको चुनौती सामाना गर्ने गरि अगाडि बढ्न र एनआरएनए गलत हुन भन्ने भ्रमलाई चिर्ने गरि अगाडि बढाउन जोड दिनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष देवमान हिराचनले संस्थामा विकृति मौलाएको भन्दै संस्थामा मौलाउँदो विकृति रोक्ने गरि अगाडि बढ्न नवनिर्वाचीत कार्यसमितिलाई आग्रह गर्नुभयो । एनआरएनएहरु गलत हुन र नेपालमा आएर जे पनि गर्छन भन्ने भ्रमलाई चिर्दै एनआरएनएले राम्रो काम पनि गर्छन भन्ने कुराको पुष्टि गर्ने गरि काम गर्न सुझाउनुभयो ।

पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनको भविष्य खतरामा पर्दै गएकोमा चिन्ता ब्यक्त एनआरएनएको भविष्यमाथि गम्भिर प्रश्न चिन्ह खडा भएको बताउनुभयो । एनआरएनभित्र भएको राजनीतिकरणले संस्थाको भविष्यलाई बाधा पुग्ने भन्दै सबैलाई गम्भिर भएर संस्थाको भविष्य जोगाउने गरि अगाडि बढाउन जोड दिनुभयो ।

पूर्व अध्यक्ष शेष घलेले राम्रा र सकारात्मक कुराको अनुशरण गर्नुपर्नेमा जोड दिर्दै एनआरएनएलाई अझ बढी परिस्कृत बनाएर अगाडि लग्नुपर्ने खाँचो औल्याउनुभयो । संस्थामा केहि कमीकमजोरी छन् भने त्यो आफैबाट शूरुवात गर्नुपर्ने भन्दै घलेले संस्थामा काम गर्दा नियत सफा छ भने संस्थालाई सफल बनाउन सकिने धारणा राख्नुभयो ।

निवर्तमान अध्यक्ष भवन भट्टले आफनो कार्यकाल सफल भएको र धेरै उपलब्धी हासिल गरेको बताउँदै एनआरएनए घाटामा छन ऋणमा छ भन्ने जस्ता भ्रामक समाचारप्रति आपत्ति जनाउनुभयो । एनआरएनएमन दुई वर्षे कार्यकाल छोटो भएको भन्दै आफूले तीन वर्षको बनाउने प्रस्ताव राखिएको बताउँदै भट्टले राम्रो टिम भएमा दुई वर्ष पनि नेतृत्वको लागि काफी भएको बताउनुभयो ।

एनआरएनएभित्रको विकृति अन्त्य गर्छु : नवनिर्वाचीत अध्यक्ष पन्त

सफतग्रहण कार्यक्रममा बोल्नु हुँदै नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले संस्थामा भएको राजनीतिकरणले संस्थाको छवीमाथि गम्भिर प्रश्न चिन्ह्र खडा गरेको बताउनुभयो । चुनावको नाममा हुने आर्थिक चलखेर र राजनीतिकरणका साथै चुनावमा कसैलाई हराउन नेताको कोठे बैठकले एनआरएनएको भविष्यमाथि प्रश्न चिन्ह्र खडा हुने भन्दै आगामी दिनमा एनआरएनएभित्र मौलाएको विकृति अन्त्य गर्ने लागिपर्ने बताउनुभएको हो ।

एनआरएनएको चुनाव अत्यन्तै खर्चीलो र फड्कीलो भएकोमा चिन्ता ब्यक्त गर्दै आगामी दिनमा काठमाडौंमा विश्व सम्मेलन नगर्ने र अनलाइन मार्फत भोट राख्न पाउँने ब्यवस्था गर्ने बताउनुभयो । विश्वभरी बसोबास गर्ने गैर आवासीय नेपालीलाई निशूल्क सदस्यता वितरण गर्ने, एनआरएन लोककल्याणकारी कोषलाई बलियो बनाउने जस्ता आफना प्रतिबिद्धता पूरा गर्न लागिपर्ने बताउनुभयो ।


प्रकाशित | २ कार्तिक २०७६, शनिबार ००:०३