भारतले नेपाललाई दिने कोरोनाविरुद्धको खोप भोली आइपुग्ने !

काठमाडौँ । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनु भएको हो । उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनु भयो । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।


प्रकाशित | ७ माघ २०७७, बुधबार १४:४३