सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेबाट बासुदेव थापा विजयी

भक्तपुर : सूर्यविनायक नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट बासुदेव थापा पुन: दोस्रो कार्यकालको लागि विजयी हुनु भएको छ । थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयरका उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाउनु भयो । मेयरका उमेदवार थापाले ढुंगेलभन्दा १५२६ मत बढि ल्याएर निर्वाचीत हुनु भएको हो । थापाको यो दोस्रो कार्यकाल हो ।

त्यसैगरी, उपमेयरको पदमा पनि नेकपा एमालेबाट सरिता तिम्सिना भट्टराई विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्दीसँग निकै नै फराकिलो मतसहित उहाँ विजयी हुनुभएको हो। उहाँले १४ हजार ४ सय ९० मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्धन्दी नेकपा समाजवादीका श्याम बस्नेतले ६ हजार ६ सय ६१ मत पाउनु भएको छ । नगरका १० वडामध्ये ५ वटा वडा एमाले र समान ५ वटा कांग्रेसले जितेका छन ।

No description available.

प्रकाशित | ५ जेष्ठ २०७९, बिहीबार ०६:४९