कस्तो छ आजको सुनचाँदीको मूल्य ?

काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन आज ९सोमबार० सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन आज तोलाको ९५ हजारमा कारोबार भइरहेको छ । चाँदी पनि आइतबारकै मूल्य एक हजार ३०० रुपैयाँ कायम रहेको महास‌ंघले जनाएको छ।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार १३:१६