काठमाडौंमा पनि देखियो बर्डफ्लु

काठमाडौं – काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको हो ।

विभागले आइतबार विज्ञप्ती जारी गर्दै काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा बर्डफ्लु देखिएको जनाएको हो । 

पंक्षीमा देखिने यो रोग नियन्त्रणका लागि स्थानिय निकायको समन्वयमा विज्ञ परिचालन समेत गरिसकेको विभागले जनाएको छ । टोलीले रोग देखिएका क्षेत्रका कुखुरा नष्ट गरेको जनाएको छ ।

रोग नियन्त्रणका लागि पशुपंक्षी फार्ममा जैविक सुरक्षाका विधि अबलम्बन गरी फार्म निसंक्रमणका साथै पंक्षी तथा पक्षिंजन्य उत्पादनको ओसारपसार गर्दा ध्यान दिन समेत विभागले आग्रह गरेको छ ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १९:१३