गरिव नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने सरकारको घोषणा

काठमाडौं : सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गर्नुभएको हो । सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरूलाई एक लाखको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ। अब गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गर्छ, नेपाल आँखा अस्पतालको ४५ औँ वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा उद्घाटन सत्रमा बोल्दै मन्त्री खतिवडाले भन्नुभयो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १४:३८