पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन आदेश

काठमाण्डौ – उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

पशुपति क्षेत्रको धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँगको सम्झौता पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा रद्द भएपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो ।

त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।

आदेशमा अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सम्झौताअनुसार होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १७:५९