प्रभु बैंकले ल्यायो ५ दशमलव २ प्रतिशतमा ऋण दिने गरि सात वटा कर्जा योजना

काठमाडौं : प्रभु बैंकले सहुलियतपूर्ण कर्जा योजना सार्वजनीक गरेको छ । बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिनेगरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ हो । बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेको हो ।

बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका व्यवसायिक कृषि तथा पशुपंक्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने गरि ७ वटा योजना ल्याएको हो । त्यसैगरी शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना पनि ल्याएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार कम्तिमा त्यसका लागि स्नातक तह उत्तीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ । बैंकले विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको समेत उहाँले बताउनुभयो ।

त्यस्तै, महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना ल्याएको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १८:२९