अमेरिकाज् क्षेत्रका कोरोना प्रभावीत नेपालीको वास्तावीक स्थिति बुझी अगाडि बढ्न सुझाव

न्यूयोर्क: अमेरिकाज् क्षेत्रमा कोरोना प्रभावीत गैर आवासीय नेपालीको विषयमा विभिन्न सरोकारवाला सम्मिलीत छलफल भएको छ । सम्बन्धीत देशका राजदूत, अवैतानिक महावाणिज्यदूत, गैर आवासीय नेपाली संघ सहित सरोकारवाला पक्ष सम्मिलीत बैठकले कोरोना प्रभावीत नेपालीको विषयमा बृहत्त छलफल गरेको हो ।

एनआरएनए अमेरिकाज् क्षेत्रको आयोजनामा सम्पन्न बैठकमा अमेरिका, क्यानडाका नेपाली राजदूत, महावाणिज्यदूत, एनआरएनए विभिन्न क्षेत्रमा क्रियाशील ब्यक्तीहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । ।

बैठकमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा नेपालीको वास्तावीक अवस्था, राजदूतावासले चालेको कदम र गरिरहेको गतिविधीको विषयमा प्रकाश पार्नुभएको थियो ।

राजदूत कार्कीले महामारीपछि अमेरिकामा रहेका नेपालीप्रति दूतावास चिन्तित रहेको भन्दै अमेरिकामा रहेका नेपालीको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी गराएको बताउनुभयो ।

महामारीपछि अमेरिकामा रहेका विद्यार्थीलगायत नेपाली समुदायमा मुख्य समस्या रहेको जानकारी दिँदै राजदूत कार्कीले कोरोना संक्रमण सुरु भएदेखि नै गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो ।

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले क्यानाडामा रहेका नेपालीहरुको समस्याका बिषयमा क्यानडा सरकारसँग छलफल भइरहेको बताउँदै नेपाली समुदायको हितका लागि २४ सै घन्टा टेलिफोन तथा इमेल सेवा सुचारु गरिएको जानकारी गराउनुभयो ।

एनआरएनए क्यानडा र स्थानीय संघसंस्थाले दूतावासलाई ठूलो मद्दत गरिरहेको बताउँदै राजदूत ढुंगानाले कोभिड–१९ सुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि सुरु गरेको बताउनुभयो । उहाँले महामारीको अवस्थामा पनि दुतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाइरहेको बताउनुभयो ।

बैठकमा नेपाल सरकारको वाशिंङ्टन स्टेटको लागि अवैतानिक महावाणिज्य दूत एसी शेर्पा, क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत ऋषी ढकाललगायतले अमेरिकामा कोरोना प्रभावीत नेपालीको विषयमा आ-आफनो धारणा राख्नुभएको थियो ।

म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारी, चर्चित गायक प्रेमराजा महतले पनि कोरोना महामारीमा अमेरिकामा रहेका नेपालीको अवस्थाको विषयमा धारणा राख्नुभयो ।

बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले पनि सम्बोधन गर्नुभएको थियो । अध्यक्ष पन्तले संघले कोभिड–१९ उच्चस्तरीय समितिमार्फत् बिभिन्न देशमा राहत वितरणदेखि विभिन्न गतिविधी गरिरहेको जानकारी गराउँदै प्रवासमा सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा देखिएको बताउनुभयो ।

उहाँले महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संघले दीर्घकालीन रणनीति बनाउने तयारी गरेको समेत जानकारी गराउनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष सुनिल शाहले एनआरएनए अमेरिकाले कोभिड–१९ सुरु भएको दिन देखि नै सक्रिय रुपमा काम गरिरहेको जानकारी गराउनुभयो ।

एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले कोभिड–१९ बिरुद्ध लड्न नेपाली दूतावास क्यानडा र संघबीच नेपालीको समस्या समाधानमा सहकार्य गर्दै अगाडि बढेको जानकारी गराउनुभयो ।

बैठकमा यूएस नेपाल पोलीसी सेन्टरका डा. राजन पन्त, डाक्टर एसोसियसनका डा. सन्तोष सापकोटा, नर्सिङ  एसोसिएसनका मञ्जु संगौला, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.सञ्जिव सापकोटालगायतले पनि आआफनो धारण राख्नुभएको थियो ।

बैठकमा एनआरएनए आइसिसीको तर्फबाट सल्लाहकार हरिबोल भण्डारी, महासचिव डा. हेमराज शर्मा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरीराज जोशी, एनसिसीका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विभिन्न समितिका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।

राजन त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा डिआरसी रामसी पोखरेलको पनि सहभागिता थियो । बैठक आइसिसी सदस्य प्रमोद सिटौलाले सञ्चालन गर्नुभएको थियो भने अमेरिकाज् क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय संयोजक त्रिपाठीका अनुसार बैठकमा समग्र अमेरिकाज् क्षेत्रका नेपालीका समस्या, समाधानमा गर्नुपर्ने पहल, नेपाल सरकारको भूमीका र गैर आवासीय नेपाली संघले गरिरहेको कार्यको विषयमा छलफल भएको थियो ।

बैठक विशेष गरि सबै सरोकारावालालाई एकै ठाउँमा राखेर समग्र समस्याका विषयमा छलफल गर्दै सबैले हातेमालो गरेर अगाडि बढ्न सहज होस भन्ने उद्देश्यले आयोजना गरिएको संयोजक त्रिपाठीले जानकारी गराउनुभयो ।

बैठकमा एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय कृष्णाजीवी पन्त, डिआर लामा, अनरी काउन्सिलर रविन बज्राचार्य, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, नेपाली जनसम्पर्क समितिका डा. यादव पण्डित, नेपाली अमेरिकन कम्युनिटीका प्रतिनिधि सुमन तिमल्सिना, अर्जुन बञ्जाडे, विष्णुमाया परियार, शंखर खड्का, संजय थापा, पुरुसोत्तम ढकाल, विष्णुहरि घिमिरे, कृष्ण लामिछाने, प्रेम अधिकारी, शैलेश श्रेष्ठ, शरद अर्याल (चिल्ली), अभिमन्यु बस्नेत (क्यानडा), कृष्ण लामिछाने, प्रकाश सापकोटा, प्रतिक रेग्मी, पुरुसोत्तम बोहोरा, सूर्य लम्साल र नारायण घिमिरेलगायतले भनाइ राख्नुभएको थियो । बैठकमा ४ दर्जनभन्दा बढीको सहभागीता थियो ।


प्रकाशित | १९ बैशाख २०७७, शुक्रबार १९:११