प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको जानकारी दिनुभयो । भट्टराईले भन्नुभयो, ‘कार्यक्रम जुधेकाले एक दिन पर सारिदिनुपर्योघ भन्ने आग्रह गरेका हौं । त्यसमा अन्यथा केही छैन ।’

माघ २६ गते बोलाइएको बैठक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले फागुन २ गतेसम्मलाई स्थगित गर्नुभएको थियो ।
उता संसद सचिवालयले भने सभामुखलाई जानकारी गराएपछि मात्रै बैठक सर्ने वा नसर्ने विषयमा जानकारी दिने बताएको छ ।


प्रकाशित | २७ माघ २०७८, बिहीबार १९:४१