माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको हो । दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ ।


प्रकाशित | २६ माघ २०७८, बुधबार १२:५३