मकवानपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, ३१ जना घाइते

मकवानपुर : मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिर नजिक बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार चितवनबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ४०१५ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको ज्यान गएको र ३१ जना घाइते छन् ।

दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २ असार २०७६, सोमबार ११:४७