नेपालमा १ हजार ५७० जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो। ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ६ हजार १४६ जना निको भएका छन् भने कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन्।


प्रकाशित | २४ माघ २०७८, सोमबार १७:३३