राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, अन्य पदमा कसले मारे बाजी ?

काठमाडौँ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी बन्नु भएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन कमल थापालाई हराउँदैं अध्यक्षमा निर्वाचित बन्नु भएको हो । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याउनु भएको छ ।

थापाले जम्मा एक हजार ६ सय १७ मत ल्याउनु भएको थियो । चार सय १३ मत बदर भएको थियो । अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताउनु भएको छ । आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिनु भएको छ । उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।

यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।
को–को विजयी भए ?


प्रकाशित | १९ मंसिर २०७८, आईतवार ०९:५१