प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा बैठक सुरु

काठमाडौँ– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताको अनुमोदन तथा अगामी चुनाव लगायत विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एमाले महासचिव शंकर पोखरेल लगायत दोस्रो तहका नेताहरु पनि सहभागी हुनुभएको छ ।


प्रकाशित | २३ माघ २०७८, आईतवार १७:०३