एक करोड २० लाख डोज खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गरेर त्यससम्बन्धी अन्तिम निर्णयको लागि मन्त्रिपरिषद् लगेको हो । मन्त्रालयले २० प्रतिशत अर्थात ६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको जनाएको छ ।

सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको हो । अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी छ ।  चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसभन्दा अगाडि आठ लाख डोज खोप दिएको थियो ।


प्रकाशित | १ असार २०७८, मंगलवार १०:५७