नेकपाका नेता झलनाथ खनालसँग चिनियाँ राजदूतको भेट

काठमाण्डौ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । उहाँहरुबीच खनाल निवास डल्लुमा बिहान भेटवार्ता भएको हो ।

सत्तारुढ नेकपाभित्र विवाद बढिरहेको बेला चिनियाँ राजदूतले केही दिनदेखि नेताहरुसँगको भेटलाई तिव्रता दिनुभएको छ । यसअघि आइतबार उहाँले नेकपाका वरिष्ठ नेता माधकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।


प्रकाशित | २३ असार २०७७, मंगलवार ११:५८