नेपालमा ३ हजार १७५ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो।

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन्। त्यस्तै, १४ जनाको कोभिडबाट मृत्यु भएको छ।


प्रकाशित | २० माघ २०७८, बिहीबार १८:४३