एनआरएनए चीनको सचिव पदमा तीर्थ पौड्यालको उम्मेदवारी

चीन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनको आगामी कार्यकालको लागि सचिव पदमा तीर्थ पौड्यालले उम्मेदवादी दिनुभएको छ । लामो समयदेखि चीनमा बस्दै आउनुभएको झापा निवासी पौड्याल एक सफल ब्यवसायी हुनुहुन्छ ।

सन २०१३ मा एनआरएन चीनको कार्यसमिति हुँदै (२०१५ -२०१७) कार्यकालमा युवा प्रतिनिधि, ( २०१७ – २०१९ ) मा तदर्थ समिति सचिव रही जिम्मेवारी बहन गर्नुभएको पौड्यालले आगामी कार्यकालको लागि सचिवमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पौड्यालले आफनो उम्मेदवारी समग्र चीनमा रहनुभएको गैर आवासीय नेपालीको हितमा केन्द्रित हुने बताउँदै आफूलाई सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ ।


प्रकाशित | ७ भाद्र २०७६, शनिबार १९:१०