काँकडभिट्टामा भीषण आगलागी


झापा। झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको हो। केही बेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ ।

जुत्ता उद्योग एसएस फुटवेयरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित | २० माघ २०७८, बिहीबार १४:२७