संसदमा कांग्रेसको अवरोधको कारण प्रधानमन्त्रीको सम्बोधन स्थगीत

काठमाण्डौ : प्रतिपक्षी दल कांग्रेसको अवराधेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लाग्नुभएको सम्बोधन स्थगीत भएको छ । कांग्रेसका सांसदले आफनो भनाई पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगीत गरिएको हो । ५ मिनेटसम्म पनि प्रतिपक्षी दलका सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख महराले बैठक स्थगित भएको निर्णय गर्दै अब अर्को बैठक बुधबार बस्ने गरी स्थगित जनाउनुभयो ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए । यसअघि दलका सचेतकसँग सभामुख महराले गर्नुभएको छलफलमा प्रतिपक्षी दलका सांसदलाई पहिले बोल्न समय दिनुपर्ने माग गरेका थिए । बैठक सुरु हुनुअघि पटक-पटक भएको छलफलमा पनि सहमति नहुँदा एक घण्टापछि बैठक सुरुभएको थियो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १४:२३