जन्मदिन

  • ईश्वर दाहाल

हरेक बिहान

सुनौलो बिहानी सगै जन्मिन्छन

नयाँ नयाँ जिवनका आयामहरु

आमाले घाँसको भारी गोठमा

बस्तु बाख्राहरुलाई पन्छाएर

लामो, लामो थकानको सुस्केरामा

धर्तिमा कर्कस चिच्याहट सँगसँगै जन्मिएको म

मलाई हेरेरमात्र आँशुका थोपाहरु

वर्षिएर लामो सुस्सकेरामा आखाँ

टोलाएको दिन ।

आज मेरो जन्मदिन भन्ने

हिस्सा मलाई सुम्पेको दिन

विगतका वाल्यपनमा फर्कन सुम्पेको दिन

आमा आफु हासेर मेरो रुवाइमा खुसी भएको दिन ।

सारा दु:ख लाई मेरो रुवाइ र हासोमा

आफ्नो ओठ खुलाइ

काखमा खुसीको उमङ्गमा शास फेरेको दिन ।

आज  उमेरका खुड्किलाहरुमा बामे सर्दै गर्दा

प्रत्येक पल पलमा तिमिलाइ सम्झन्छु ।

भोकमा पेट निमठदा गुन्द्रुक र ढिढो सम्झन्छु ।

ओछ्यानमा ढाड र सिरानी नमिल्दा

तिम्रो कोमल काख समझन्छु ।

म नाताकत भएर ओछ्यानमा पल्टिँदा

सुत्केरीमा तिमिलाइ ताकत भर्न

बाँ ले बनाएको ज्वानोको झोल सम्झिन्छु ।

प्रत्येक पलपलमा हरक्षेण म तिमलाइ सम्झिन्छु

आज जन्मदिन रक्ताम्य तिम्रो फरिया

सँगसँगै आफ्नो आयुको बाजि थामेर

मेरालागि दिर्घायुको कामना

हरक्षण समझन्छु

आज मेरो जन्मदिन

म तिमिलाइ समझन्छु आमा !!


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १५:०२