कोरोना संक्रमण बढेपछि देशका २९ जिल्लामा निषेधाज्ञा

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

सरकारले साउन ५ को मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि आजसम्म २९ जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेका छन् ।

गृह मन्त्रालयका अनुसार १४ जिल्लामा जिल्लाभर निषेधाज्ञा गरिएको छ भने १५ जिल्लामा संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी, एक जिल्लामा पूर्ण लकडाउन, आठ जिल्लामा आंशिक लकडाउन, दुई जिल्लामा आंशिक सिल र एक जिल्लामा सरकारी सेवा जिल्लाभर बन्द गरिएको छ । यस्तै, पाँच जिल्लामा सरकारी सेवा क्षेत्र छुट्याएर आंशिक रूपमा बन्द गरिएको छ । सरकारले यसअघि ११ चैतदेखि गरेको लकडाउन ६ साउनमा अन्त्य गरेको थियो ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार १३:३२