नेपालमा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। एक हजार २७२ जना संक्रमणमुक्त भएका छन्।


प्रकाशित | ७ फाल्गुन २०७८, शनिबार १८:०९