आठौंमा जिम्न्याष्टिक : एपिएफका राजुलाई ५ स्वर्ण

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ वटा स्वर्ण पदक जितेका छन् । राजुले थप एक रजत पदक पनि जिते । पूर्वाञ्चलमा दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए ।

नेपालगन्ज कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते । एपिएफका दिनेश सुनुवार दोश्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेश्रो भए ।  भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोड्दै स्वर्ण पदक जितेका छन् । प्रदेश ३ कै त्रिदेव गिरीले कास्य पदक जिते ।

प्यारलल् बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा जितेन्द्र चौधरी तेश्रो भए । पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे । एपिएफकै रिकेश तामाङ दोश्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेश्रो भए ।

अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा एपिएफका विष्णु बाटा तेश्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते । राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०।६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश ३ दोश्रो तथा प्रदेश ७ तेश्रो भए ।

महिलाको टिम इभेन्टमा प्रदेशले स्वर्ण हात पा¥यो । प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रन्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८।५७५ अंक जोडे । एपीएफ दोश्रो तथा प्रदेश ७ र प्रदेश ५ तेश्रो भए ।

एपिएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७।७० अंक जोडिन् । प्रदेश ३ की तारा सिवाकोटी दोश्रो तथा आर्मीकी विदिशा न्यौपाने तेश्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेश्रो भए ।
महिला अलराउन्डमा प्रदेश ३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६।९५ अंक हासिल गरिन् । एपिएफकी लुमिला मानन्धर दोश्रो तथा प्रदेश ३ की प्रकृति थापा मगर तेश्रो भए । पुरुषको १९ औं तथा महिलाको सातौंं राष्ट्रिय प्रतियोगिता हो । (हाम्रो खेलकुद)


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १८:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!