‘नेपालमा हालसम्म एक जनामा कोरोना भाइरस देखिए पनि ती ब्यक्तीको निको भइसकेको छ’

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्यामन्‍त्री भानुभक्त ढकालले नेपालमा हालसम्म एक जनामा कोरोना भाइरस देखिए पनि ती ब्यक्तीको निको भइसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा मन्त्री ढकालले त्यसपछि नेपालमा अहिलेसम्म कसैलाई पनि कोरोना भाईरस नदेखिएको जानकारी गराउनुभएको हो ।

बैठकमा स्वास्थ्यमन्त्री ढकालले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटेको र करिब १ सय ७० आईसीयू सञ्चालनमा रहेको जानकारी समेत गराउनुभयो ।

मन्‍त्री ढकालले नेपालभित्र कोरोना प्रवेश नहोस् भनेर उच्च सावधानी अपनाइरहेको बताउँदै कसैलाई कारोना भाइरस संक्रमण भइहालेमा सरकारले सम्पूर्ण उपचार गर्ने बताउनुभयो ।


प्रकाशित | २ चैत्र २०७६, आईतवार २१:१५