काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेको छ । आफ्ना गतिविधीलाई तीब्र बनाएको युवा संघले देशभर सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको हो ।
युवा संघले आइतबार रौतहट, पाल्पा, झापा, सिन्धुली र मोरङमा स्थानीय तहको निर्वाचन मितिलगायत विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको छ । संघले स्थानीय तहको निर्वाचन गर, रेणुकुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दि फिर्ता गर,लिपुलेक,कालापानी र लिम्पियाधुरा फिर्ता गर’ लगायतका माग राख्दै पछिल्लो समय विरोध प्रदर्शन देशब्यापी बनाउँदै लगेको हो ।
त्यस्तै, युवा संघले भक्तपुरमा कालो कपडामा ‘प्ले कार्ड’ लिएर सरकारको विरोधमा सडक प्रदर्शन गरेको छ । युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारको विरोधमा आन्दोलनलाई अझ ब्यवस्थित र सशक्त बनाइने बताउनु भयो ।
त्यस्तैगरि, युवा संघ नेपालले साताब्यापी रक्तदान कार्यक्रम जारी राखेको छ । संघको आयोजनामा धनुषामा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । युवा संघ नेपाललले शनिबार मात्र एकै दिन काठमाडौको चावहिल, ललितपुरको मंगलबजार र भक्तपुरको खौमा दरबाबार स्क्यवार, काठमाडौं नयाँ बानेश्वरको अल्फाबिटा र काठमाडौकै सिफल चौरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।









प्रकाशित | १६ माघ २०७८, आईतवार २१:०२