खुसीको खवर: दोस्रो कोरोना संक्रमित युवती निको भई घर फर्किइन्

काठमाडौं : नेपालका कोरोना संक्रमतिहरु धमाधम निको हुन थालेका छन् । नेपालमा दोस्रो कोरोना संक्रमीत एक युवती पनि निको भई घर फर्केकी छिन् । शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर ती युवती शनिबार घर फर्किएकी हुन ।

फ्रान्सबाट आएकी १९ वर्षीया युवती शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीका अनुसार अस्पतालबाट उनलाई आज डिस्चार्ज गरिएको जानकारी गराउनुभयो ।


प्रकाशित | ६ बैशाख २०७७, शनिबार १४:५७