सामसङको ग्यालेक्सी ए७० स्मार्टफोन नेपाली बजारमा

काठमाण्डौ: सामसङ नेपालले ग्यालेक्सी ए ७० स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यो ए सिरिजको पाँचौं यो स्मार्टफोनमा पछाडिपट्टि ३२ मेगापिक्सेलको सहितको ट्रिपल क्यामरा २५ वाटको सुपर फास्ट चार्जिङ्ग फिचर तथा ४५०० मिलि एम्प आवरको ब्याट्री रहेको कम्पनीले जनाएको छ । एण्ड्रोइड पाइ अपरेटिङ सिस्टम रहेको ए ७० को मूल्य ४७,९९० रुपैयाँ तोकिएको र नीलो तथा कालो दुइ रंगमा मे १ देखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०६:०३