काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४९ जना र एन्टिजेन परीक्षणबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङ गर्दै गत २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त भएको बताउनु यभो ।
मिश्राका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । मिश्राले यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी गराउनु भयो ।
प्रकाशित | १६ माघ २०७८, आईतवार १७:२४