प्रतिनिधिसभा बैठक माघ २६ का लागि सारियाे

काठमाडौं -आज (आइतबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।

महासचिव गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो । यसअघिसमेत बैठक सूचना सार्वजनिक गर्दै सर्दै आएको छ ।


प्रकाशित | १६ माघ २०७८, आईतवार ०८:४५