सरकारविरुद्ध युवा संघको विभिन्न जिल्लामा विरोध प्रदर्शन

काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध विभिन्न जिल्ल्लामा विरोध प्रदर्शन गरेको छ । युवा संघले स्थानीय तहको निर्वाचन मिति घोषणा तथा अन्य  विभिन्न माग राख्दै वर्तमान पाँच दलीय गठबन्धन सरकारविरुद्ध विभिन्न जिल्लामा प्रदर्शन गरेको हो ।

No description available.

‘रेणु कुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन भएको हो ।

May be an image of 7 people, people sitting, people standing, fire and outdoors

राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङका अनुसार सरकारविरुद्ध बर्दीया, रसुवा, डोटी, कैलाली, चितवन, झापा, रुपन्देही, नुवाकोट र मकवानपुरमा प्रदर्शन भएको हो । अन्य जिल्ल्लामा पनि युवा संघले विरोध प्रदर्शनको तयारी गर्दै यसलाई देशब्यापी बनाउने कार्यक्रम रहेको प्रवक्ता गुरुङले जानकारी दिनु भयो ।

May be an image of 9 people, people sitting, people standing and outdoors

त्यस्तै, कोरोनाको कारण देशमा भइरहेको रगत अभावको कारण राष्ट्रिय युवा संघ नेपालले सप्ताव्यापी रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । प्रवक्ता गुरुङका अनुसार भोलि अर्थात तेस्रो दिन (माघ १५) मा काठमाडौ उपत्यकाको विभिन्न स्थानमा रक्तदान आयोजना गरिदैंछ ।

No description available.

काठमाडौको चावहिल, ललितपुरको मंगलबजार र भक्तपुरको खौमामा बिहान ८ बजे, काठमाडौं नयाँ बानेश्वरको अल्फाबिटा (अन्तरजिल्ला) मा बिहान ९ बजे र काठमाडौकै सिफल चौरमा युथ फोर्सले दिउँसो १ बजे आयोजना गरेको प्रवक्ता गुरुङले जानकारी दिनु भयो ।

No description available.

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.


प्रकाशित | १४ माघ २०७८, शुक्रबार २१:४१