आइएलओ प्रोजेक्टमा आर्थिक अनियमितता देखिए निर्मम कारवाही गर्छौ : कुमार पन्त (भिडियो रिर्पोटसहित )

काठमाडौं ।गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संस्थामा आर्थिक अनियमिततामा संलग्न देखिए कोही ब्यक्तीलाई पनि नछाड्ने चेतावनी दिनुभएको छ । संंघको आइएलओ प्रोेजेक्टमा आर्थिक अनियमितताको प्रश्न उठीरहँदा अध्यक्ष पन्तले आइएसस्तरबाट एक छानबीन समिति गठन भई छानबीन भइरहेकाले दोषी देखिए कसैलाई नछाड्ने चेतावनी दिनुभएको हो ।

‘संस्थामा बसेर कसैले पनि आर्थिक अनियिमीतता गर्न थाल्छ, गर्ने सोच्छ भने त्यो अपराध हो । त्यस्ता मान्छेलाई संस्थाबाट निकाल्छौ, त्यस्ता ब्यक्तीहरु नेतृत्व तहमा बस्न लायक हुँदैनन्’, अध्यक्ष पन्तले भन्नुभयो, ‘तर हाम्रो संलग्नता छैन । अहिले रिर्पोट नआई अन्तिम निस्कर्षमा पुग्न सकिन्न् ।’

आइएसकै तहबाट कोषाध्यक्षको नेतृत्वमा छानबीन समिति बनाइएको बताउँदै अध्यक्ष पन्ते यूएईको सवालमा सम्बन्धीत ब्यक्तीहरुलाई नसोधी रिर्पोट बाहिर आएकाले यूएईको छानबीन रिर्पोट पूर्ण रुपमा आइसकपछिमात्र अन्तिम निस्कर्षमा पुग्न सकिने बताउनुभयो ।

अध्यक्ष पन्तले आर्थिक अनियमितताको प्रश्न उठेपछि संघले छानविन समिति गठन गरेको जानकारी गराउँदै भन्नुभयो, ‘कुनै कमी कमजोरी देखिएमा र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न देखिएमा त्यस्तो व्यक्ति संस्थामा रहँदैन । हामी निर्मम कारवाही गर्छौँ । यदी मैले गरेको रहेछु भने मलाई समेत साथिहरुले छोड्दैनन्, छोड्नुहुँदैन् ।’


प्रकाशित | २२ चैत्र २०७७, आईतवार ११:३५