लोकसेवा आयोगको विज्ञापन रद्द नगरे आन्दोलन गर्ने आदिवासी, जनजाति, मधेशीलगायतका समुदायको चेतावनी

काठमाडौं : लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन रद्द नगरे कडा आन्दोलन गर्ने आदिवासी, जनजाति, मधेशीलगायतका समुदायले चेतावनी दिएका छन् । आदिवासी, जनजाति, मधेशीलगायतका संयुक्त आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै विज्ञापन रद्द नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

संविधानको भावना विपरित आएको सो विधेयक फिर्ता नगरे कडा आन्दोलनमा जान बाध्य हुने आदिवासी, जनजाति नेता सुरेश आले मगरले चेतावनी दिनुभयो । नेपाल आदिवासी, जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सो विधेयक संविधानको समावेशी सिद्धान्त विपरित आएकाले आन्दोलनमा जानु परेको बताउनुभयो ।


प्रकाशित | २ असार २०७६, सोमबार १९:१८