सुदूरपश्चिमका निमित्त मुख्य सचिवसहित १२ कर्मचारीमा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सेवा स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयका १२ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव ढुण्डीप्रसाद निरौलासहितका पाँचजना, सामाजिक विकास मन्त्रालयका छ जना र भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीका निजी सचिवसहितका अन्य दुई जनालाई पनि संक्रमण भएको छ । संक्रमण पुष्टि भएका कर्मचारीहरु आइसोलेसनमा बसेका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार ६ जना कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सेवा स्थगित भएको छ ।


प्रकाशित | १० माघ २०७८, सोमबार १४:०५