काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २५ जिल्लाले नयाँ नेतृत्व पाएको छ । कांग्रेसको ३५ जिल्लामा जिल्ला अधिवेशन चलिरहेको छ । ती मध्ये २५ जिल्लाको मतपरिणाम आइसकेको हो ।
केही जिल्लामा मतगणना जारी रहेकाले ती जिल्लाको परिणाम बुधबार रातिसम्म आइसक्ने जनाइएको छ । एकमात्र संघीय निर्वाचन क्षेत्र भएका १४ वटा हिमाली जिल्लामा यसअघि नै अधिवेशन भइसकेको थियो । बाँकी २१ जिल्लामा पनि अहिले अधिवेशन चलिरहेको हो।
निर्वाचीत भएका जिल्ला र सभापति
लमजुङ, सभापति टकराज गुरूङ
सल्यान, सभापति केशवबहादुर विष्ट
डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
डडेल्धुरा, सभापति भीमबहादुर साउद
म्याग्दी, सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
मुगु, सभापति ऐनबहादुर शाही
पाँचथर, सभापति रूपनारायण जवेगु
मनाङ, सभापति शंकर गुरूङ देउवा
हुम्ला, सभापति मोहनविक्रम सिंह
बझाङ, सभापति खडक बोहरा
रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
जुम्ला, सभापति कर्णबहादुर शाही
जाजरकोट, सभापति बेदराज सिंह
प्युठान, सभापति विष्णुकुमार गिरी
अर्घाखाँची, सभापति केशव श्रेष्ठ
बैतडी, सभापति चतुरबहादुर चन्द
दोलखा, सभापति बर्मा लामा
गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट, सभापति अम्बबहादुर शाही
संखुवासभा, सभापति दीपक खड्का
रूकुमपूर्व, सभापति केशरमान रोका
मुस्ताङ, सभापति रोमीगौचन थकाली
भोजपुर, सभापति विनोद वान्तवा
बाजुरा, सभापति रामसिंह रावल
प्रकाशित | ८ मंसिर २०७८, बुधबार २०:०९