आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ । नियमित कार्यसूचीका साथै सांसदले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन् ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १०:०३