सुनचाँदीको मूल्य यथावत्

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि यथावत् रही सोही मूल्यमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज यथावत् रही १ हजार ३ सय १५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।


प्रकाशित | १० माघ २०७८, सोमबार ११:३३