एनआरएनए अमेरिकालाई सबैको साझा र पारदर्शी बनाउनेमा ढुक्क हुनुहोस: रबीन बज्राचार्य (कोषाध्यक्ष उम्मेदवार )

न्युयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको रबिन बज्राचार्यले संघलाई सबैको साझा र पारदर्शी बनाउनेमा ढुक्क भई आफूलाई सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ । ‘सबैको चाहना अनुरुप बिजयी हुनेमा ढुक्क छु। जितेर गइसकेपछि तपाईहरुको अपेक्षा अनुरुप एनआरएनए अमेरिकालाई हामी सबैको साझा,पारदर्शी बनाउन लागी पर्ने प्रण गर्दछ’, मनोनयन दर्ता पश्चात बज्राचार्यले भन्नुभयो ।

बज्राचार्यले एनआरएन अमेरिकाको निर्वाचनमा कोषाध्यक्षको लागी उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । नेपाली जनसम्पर्क समित न्युयोर्क च्याप्टरका अध्यक्ष रोशन कुमार ढुंगाना प्रस्तावक तथा नेपाल जनजाति महासंघ अमेरिका महासंघका बरिष्ठ उपाध्यक्ष राजकुमार बिष्टको सर्मथनमा बज्राचार्यले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँले अमेरिकामा बस्ने गैर आवासीय नेपालीको भावनाअनुसार आफूले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मतदातालाई उम्मेदवारका एजेन्डा र ब्यक्तीत्व छान्न समेत अनुरोध गर्नुभएको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय बज्राचार्य आइसिसीसम्म राम्रो सम्बन्ध स्थापीत गर्न सफल ब्यक्ती समेत हुनुहुन्छ । हेर्नुहोस कोषाध्यक्षका उम्मेदवार बज्राचार्यका महत्वपूर्ण काम तथा विभिन्न संघसंस्थामा पुरयाएको योगदान ;

१. नेवा गुथी न्यूयोर्क का पूर्व उपाध्यक्ष, नेवा संस्कृतिको जगेर्ना, इहि (बेल बिवाह) म्ह पूजा,

.सिन्धुपाल्चोकको बाढी मा प्रभावित क्षेत्रमा पुगेरै पिडितहरुको सहयोग तथा राहत बितरण,

३. नेपालको भूकम्पमा अमेरिकाबाट सबै भन्दा पहिले नेपाल पुगेर आइसिसि साथ संग्लग्न भएर राहत बितरण,

४. भूकम्पकै क्रममा आफ्नै पहलमा टहरा निर्माण र बितरण (खोकना ललितपुरमा),

५. धादिंगका गाउमा राहत र पाल बितरण,

. ललितपुरका अन्य गाउँमा स्वास्थ्य क्याम्प,

. नागरिकता सम्बन्धि बिध्येक संशोधनका लागी सांसदहरुसँग पहल सृदढीकरण अभियानमा निरन्तरता,

. अन्य सामाजिक कार्यमा निरन्तर लागिपर्दै आएको,

पेशाले एक्स्रे टेक डे ट्रेडर ( स्टक ट्रेडर, इन्भेस्टर) रहनुभएको बज्राचार्य नेपाली जन सम्पर्क समिति न्यूयोर्क च्याप्टर सभापतिको प्रस्ताव र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष राजकुमार बिष्टको समर्थनमा कोषाध्यक्ष पदमा उम्मेदवार दिनुभएको हो । विशेष गरि जनसम्पर्क ,जनजाति, प्रवासी ,दलित, मधिशी सबैको समर्थन आफूलाई रहेको भन्दै बज्राचार्यले सहयोगको लागि सबैमा आह्रवान गर्नुभएको छ ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार ०७:३६